Tuesday, November 12

दोलखाबाट आउँदै गरेको बस सुनकोसीमा ख’स्यो, ६ को मृ’त्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका९ सुनकोशी नदीमा यात्रुवाहक बस ख’स्दा ६ जना यात्रुको मृ’त्यु भएको छ। दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वर यातायातको बा २ख ७२४५ नम्वरको बस सिन्धुपाल्चोकको साँगचोक गढी सुकुटेमा दु’र्घटना भएको सिन्धुपाल्चोकका प्रहरी नायव निरिक्षक चित्रबहादुर खुलालले जानकारी दिनुभयो । घ’टनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासीहरुले उ’द्दार गरिरहेको छ । नदीमा नै बस खसेको कारण मृ’त्युको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्