Tuesday, November 12

दिनहुँ घाँस काटेर खाँलीखुट्टा हिडदै विद्यालय गएको हुँः कुलमान घिसिङ

कुलमान घिसिङ
मैले कक्षा दुईसम्म डहुमै पढेर कक्षा ४ मा कुशेश्वर माविमा भर्ना भएको थिए । कक्षा ४ र ५ त्यति बेलाको कुशेश्वर निम्न मावि बेथानमा अध्ययन गरेको हुँ । ३ कक्षा पढिन । डहुबाट बेथानको विद्यालयसम्म हिडेर जानको लागि एक घण्टा लाग्थ्यो । बेथानमा पढदा मलाई विद्यालयका शिक्षकहरुले असाध्यै माया गर्नुहुन्थ्यो ।

  • म सधै फस्ट हुन्थे । म्याथमा एक सय नम्बर नै प्राप्त गर्थे । बेथानमा पढदै गर्दा शिक्षकहरुको मायाले पनि मैले अलि धेरै पढनु पर्छ भन्ने छाप परेको थियो ।कक्षा पाँचसम्म बेथानमा पढेर थप अध्ययनको लागि म काठमाडौं आए । बेथानमा कक्षा ५ मा पढेर काठमाडौंको बाल सेवा निमावि झोछेंमा आएर ७ कक्षामा भर्ना भए । ६ कक्षा पढिन । गाउँमा पढेर आएको कक्षा ७ मा भर्ना त भए तर धेरै अपठ्यारो भयो । तर पढदापढदै म त्यहाँ पनि फस्ट नै भए । त्यति बेला हाम्रो बसोबास झोछेंको जैसीदेवलमा थियोमैले भारतबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेँ । त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘मास्टर्स इन पावर सिस्टम’ अध्ययन सकेँ ।

इन्जिनियरिङमा स्नाकोत्तर सकेपछि पनि व्यवस्थापन अध्ययन गर्न मन लाग्यो । अनि नेपालबाटै एक्जुकेटिभ एमबिए अध्ययन गरे ।व्यवस्थापन क्षेत्रभित्र धेरै विषय हुन्छन् । संस्थागत व्यवस्थापन कसरी गर्ने भन्ने विषय आउँछ । सार्वजनिक संस्थामा अझ धेरै समस्या हुन्छन् । त्यसमा कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । एउटा निजी कम्पनी र सार्वजनिक संस्थाको व्यवस्थापन गर्नु फरक कुरा हो ।

सार्वजनिक संस्थाको व्यवस्थापनमा चुनौतीहरू धेरै छन् । त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषय व्यवस्थापन शिक्षाले दिन्छ । म्यानेजमेन्टका टुल्स पढेको हुन्छ । अध्ययन गरेअनुसार नै टुल्स हुबहु लागू हुन्छ भन्ने हुँदैन । कुन अवस्थामा कुन टुल्स प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्ने व्यवस्थापन शिक्षाले ज्ञान दिन्छ ।

धेरै विषय व्यक्तिको दक्षतामा पनि भर पर्छ । एमबिए गरेपछि म्यानेजमेन्टका धेरै टुल्सको ज्ञान हुन्छ । त्यसले कुनै पनि संस्थामा काम गर्न सहज गराउँछ ।प्राविधिक विषय अध्ययन गरेको व्यक्तिले व्यवस्थापन गर्दा धेरै नै राम्रो परिणाम आउने सम्भावना हुन्छ । फरक क्षेत्रको फाइनान्स, इकोनोमिक्स,रिसोर्स म्यानेजमेन्टलगायतका ज्ञान हुँदा फाइदा पुग्छ । कसरी व्यवस्थापन गर्ने भन्ने विषयको समग्र ज्ञान दिन्छ ।

मैले जीवनमा व्यवस्थापन शिक्षा आवश्यक छ भनेर एमबिए पढेको हो । पढेपछि पेसामा धेरै नै सजिलो भयो ।मैले विद्युत प्राधिकरणको सेवा २०५१ सालदेखि सुरु गरेको हुँ । सेवा प्रवेश गरेको २३ बर्षपछि प्राधिकरणको कार्यकारी निर्देशक हुने मौका पनि पाए ।

विद्यालयमा मैले ३ कक्षा पढिन, ६ कक्षा पढिन र मैले जागिरे जीवनमा पनि दुई वटा पद टपेको छु । मैले सातौ तहको इन्जिनियरिङ तहमा जागिर खान्थे । आठौ तह भए । नवौ तहमा खुल्ला प्रतिस्पर्धाबाट दसौ तह भए । ११ औ तह नभई एकै पटक १२ तहको कार्यकारी निर्देशक भए । म सँगै काम सुरु गरेका साथीहरु अहिले पनि नौ दस तहमै छन्

।परिस्थिति र मेहनत दुवै मिल्नु पर्ने रहेछ । प्रतिबद्ध भएर लागेको अवस्थामा सफलता हाल पार्न सकिन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ रिजल्ट पनि आउदो रहेछ । बेथानमा हामी किसान परिवारमै हुर्किएका हौं । मेरो बुबा खेती नै गर्ने हो । बिहान एक भारी घास ल्याएर मात्र विद्यालय जानु पर्दथ्यो । बिहान एक भारी घास घरमा ल्याएर त्यसपछि हतार–हतार खाना खाएर एक घण्टा टाढाको विद्यालय बेथानसम्म जानु पर्दथ्यो ।

त्यो अनुभव पनि मसँग छ । घाँस काटनेदेखि खाली खुट्टा हिडनेसम्मको अनुभव छ । सुरुदेखि नै मेहनत गर्नुपर्छ भन्ने भावना थियो । काठमाडौंमा आएर पनि दुःख नै गरेर पढेको हुँ । अहिलेकोजस्तो परिस्थिति थिएन । कोठामा आफै खाना पकाएर खाएर सबै कुराको व्यवस्थापन गरेर पढन जानु पर्दथ्यो । अपठ्यारो अवस्था नै थियो ।

मैले एक किसिमले पढाइमा सफलता प्राप्त गरे र अहिले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर पनि सफलता हासिल गर्न सफल भए ।मैले जिम्मेवारी लिदा उर्जा क्षेत्रमा धेरै ठूलो समस्या थियो । लोडसेडिङ व्याप्त थियो । नागरिकहरुमा बिजुली नहुँदा आक्रोश र निराशा थियो । मेरो नेतृत्वमा अहिले देखिने गरी एउटा रिजल्ट आएको छ ।

यसबाट हामीले प्रशसा पाइरहेका छौं । त्यो पनि हाम्रो लागि ठूलो सम्पत्ती हो । हाम्रो लागि उर्जा मिलेको छ । १२/ १५ हजार कर्मचारी भएको अवस्थामा पनि चार वटा टेडनियन थिए । काम गर्न पनि गाह्रो थियो । सबै भन्दा लो त मान्छेको व्यवस्थापन गर्ने काम गाह्रो रहेछ । माइनसेट नै फरक भएको अवस्थामा रिजल्ट निकाल्नु पर्ने ।

रिजल्ट आफूले निकाल्छु भनेर मात्र हुँदैन ।जीवनमा त्यो कमाइ होजस्तो लाग्छ । जहाँ जादा पनि नेपालमा राम्रो काम भएको छ भन्ने भरोषा छाएकाे छ । लोडसेडिङ अत्त्य हुनुमा धेरै कुराको संरचनाको सुधार, मानव जनशक्ति, सुशासनको अवस्थाको कसरी सुधार गर्ने धेरै कुराहरुमा रिक्स लिनु पर्ने अवस्थामा पनि थियो ।

आफनै कर्मचारीलाई ठूलठूलो कारवाही गर्नुपर्ने रिक्स थियो ।  लोडसेडि अन्त्य भएसँगै नौ अर्बको घाटामा रहेको प्राधिकरण नाफामा पनि आयो । म आउनु भन्दा अघिल्लो बर्ष नौ अर्ब घाटामा थियो । पन्ध्र बर्षदेखि लगातार घाटामा थियो ।

पन्ध्र बर्षदेखि लोडसेडिङ थियो । नौ अर्बको घाटा नौ महिनामा नै नाफामा ल्याउन सफल भयौ । गत बर्ष बर्ष ७ अर्ब नाफा भएको छ । आगामी बर्षबाट हामी दस अर्ब नाफामा जादैछौं ।आफैले आफैलाई मुल्याकन गर्नुपर्ने अवस्था हो

। याे नियम सबै क्षेत्रमा लागू हुन्छ । परिवर्तन ल्याउने कुरा आफैबाटै अठोट गर्नुपर्छ । धेरै कुरामा प्रतिबद्ध भएर लाग्नु पर्छ । जनताले वाच गरिरहेको हुन्छ । हामीले रिजल्ट दिन सकेनौ भने अब चाहीँ धेरै अपठ्यारो पर्छ । मेहनत गर्दाखेरि रिजल्ट पनि आउछ । म पनि कुशेश्वर माविको भूतपूर्व विद्यार्थी हुँ । मेरो तर्फबाट भूतपूर्व विद्यार्थी समाजलाई हुन सक्ने सबै सहयोग मिल्छ । विद्यालयलाई राम्रो बनाउने कार्यमा सबै एकताबद्ध भएर लाग्दा अझै राम्रो गर्न सकिन्छ ।
!

प्रतिकृया दिनुहोस्