Thursday, December 12

भगवान बिष्णु नागको ओछ्यानमा सुत्नुको यस्तो छ कारण…

एजेन्सी। चाहे कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छन । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ ।हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ ।भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ ।

समयको मार्गदर्शक
जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो ।

विष्णुको अभिव्यक्ति
हरेक पटक संसारलाई मुक्त गर्नका लागि विष्णुले केहि रुप र आकारमा जन्म लिए । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् ।

सबै ग्रह बस्ने आसन
हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । यदि भगवान विष्णु सम्पूर्ण बम्हान्ड, ग्रह र तारको प्रतिको हो ।

विष्णुको रक्षक
शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । अर्थात शेषनाग एक रक्षक पनि हुन् ।

यो पनि पढ्नुस

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएकाे कारण लिंग लाइ शिव का निराकार रूप मानीएकाे हाे तेसैले शिवकाे साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप काे पूजा गरीयकाे हाे ।

केवल शिव लाइनै निराकार लिंग काे रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड काे पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत काे मालीक मानीदै अाएकाे छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हाे ।

वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर काे लागी हाे याे सूक्ष्म शरीर १७ तत्वों ले बनेकाे हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण काे अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व काे संपूर्ण ऊर्जा नै लिंग काे प्रतीक हाे ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन काे समय सम्पुर्ण देवताहरू अमृत काे आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष अायाे र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक अाफ्नाे कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयाे र संन्सार लाइ त बचाउनु भयाे तर समुद्र मंथन काे समय निक्लीयकाे उक्त विष ग्रहण गरेकाे कारण भगवान शिव काे शरीरमा दाह बढ्याे र त्याे दाह लाइ सान्त गर्नकाे लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएकाे हाे र याे आज सम्म पनी चली रहेकाे छ ।

श्री शिवमहापुराण काे सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी काे पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) काे प्रतिमा काे नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबकाे मूल हाे, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।

यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि काे पालनकर्ता विष्णु ले एक पटक, सृष्टि काे रचयिता ब्रह्मा काे साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) काे प्रार्थना गर्नु भयाे ‘भाेलेनाथ हजुर कसाेगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयाे, ‘यदि मलाइ प्रसन्न गर्ने हाे भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार काे संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख काे नाश हुन्छ ।

जब देवर्षि नारद ले श्री विष्णु लाइ श्राप दिय र पछि पश्चाताप गर्नु भयाे तब श्री विष्णु ले नारदजी लाइ पश्चाताप काे लागी शिवलिंग काे पूजा, शिवभक्तकाे सत्कार, नित्य शिवशत नाम काे जप गर्न बताउनु भयाे ।

SABHAR ROCHAK KHABAR BATA

प्रतिकृया दिनुहोस्