Tuesday, November 12

मनोरंजन

जापानमा नेपाल आइडल रवि ओडले यसरी नचाए दर्शक (भिडियो)

जापानमा नेपाल आइडल रवि ओडले यसरी नचाए दर्शक (भिडियो)

Posted in भिडियो, मनोरंजन, समाचार
काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि 'नेपाल आइडल २' का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्। बुधवार जापानको फुकोवोका आयोजित साङ्गीतिक कार्यक्रममा उनीहरूले आफ्नो प्रस्तुति दिए। नेपाल आइडल टप ५ को जनवरी ४ मा नागोया र ५ मा टोकियोमा लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा नेपाल आइडलका प्रस्तिस्पर्धिले नेपालीलाई साङ्गीतिक मनोरञ्जन दिनेछन्। हेर्नुस् नेपाल आइडल रवि ओडको प्रस्तुति। https://youtu.be/f-I0vrElSvs sabhar Dcnepal bata Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few weeks, it can also help you figure things out that you would not have understood witho
भगवान बिष्णु नागको ओछ्यानमा सुत्नुको यस्तो छ कारण…

भगवान बिष्णु नागको ओछ्यानमा सुत्नुको यस्तो छ कारण…

Posted in मनोरंजन, समाचार
एजेन्सी। चाहे कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छन । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ ।हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ ।भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ । समयको मार्गदर्शक जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो । विष्णुको अभिव्यक्ति हरेक पटक संसारलाई मुक्त गर्
रिलिज भयो बालगायिका दिप्सी भट्टको ‘आमा’ (भिडियोसहित) यस भिडियोमा दिपेन्द्र भट्टको क्यामरा सम्पादन, निर्देशन शिव बि कको निर्देशन र शब्द तथा संगीत आर बी लामाको रहेको छ

रिलिज भयो बालगायिका दिप्सी भट्टको ‘आमा’ (भिडियोसहित) यस भिडियोमा दिपेन्द्र भट्टको क्यामरा सम्पादन, निर्देशन शिव बि कको निर्देशन र शब्द तथा संगीत आर बी लामाको रहेको छ

Posted in भिडियो, मनोरंजन, समाचार
काठमाडौं । बाल गायिका दिप्सी भट्टको नयाँ गीत ‘आमा’ रिलिज भएको छ । भट्टको एक स्वरमा रहेको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा शुक्रबार रिलीज भएको हो । युट्युबमा सार्वजनिक भएपछि चर्चामा रहको यो गीतलाई धेरैले मन पराएका छन् । बालगायिका दिप्सीसँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र पुजा पाठकको अभिनय रहेको छ । भिडियोमा दिप्सीले कुशल नृत्य पनि प्रस्तुत गरेकी छिन् । पढाई सँगसँगै विभिन्न कार्यक्रममा व्यस्त रहेकी भट्टको विगतमा पनि थुप्रै गीत तथा भिडियो सार्वजनिक भइसेकेको छ । यस भिडियोमा दिपेन्द्र भट्टको क्यामरा सम्पादन, निर्देशन शिव बि कको निर्देशन र शब्द तथा संगीत आर बी लामाको रहेको छ । https://youtu.be/NAbLMdiVaAE Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few weeks, it can also help you figure things
दिपाश्रीको श्रृंखला खतिवडालाई हिरोइनको अफर, फुलन्देको आमाले हँसाएर मुर्छा पारिन् (भिडियो)

दिपाश्रीको श्रृंखला खतिवडालाई हिरोइनको अफर, फुलन्देको आमाले हँसाएर मुर्छा पारिन् (भिडियो)

Posted in मनोरंजन, समाचार
काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् । मुन्द्रेको कमेडी क्लबमा अबको नयाँ एपिसोडमा मिस नेपाल वर्ल्ड श्रृङ्दला खतिवडा आउने भएकी छिन् । भर्खरै मात्र उनले यस कार्यक्रमको लागि सुटिङ सकाएकी छिन् र सोही सुटिङको क्रममा केही मिडियाहरूले मिस नेपाल वर्ल्ड श्रृङ्खला र मुन्द्रेको टिमसँग केही रमाइलो कुरा गरिएको छ जुन आज हामी यस भिडियोमा रमाइलो छ युट्युब च्यानलले तयार पारेको भिडियो प्रस्तुत गर्दैछौँ ।
मितको कोठामा पुग्दा भेटिए पुष्पन, यसरी हुँदैछ साङ्गीतिक सहकार्य (भिडियो)

मितको कोठामा पुग्दा भेटिए पुष्पन, यसरी हुँदैछ साङ्गीतिक सहकार्य (भिडियो)

Posted in भिडियो, मनोरंजन, समाचार
काठमाडौँ। यथार्थपरक गीतमा आफ्नो स्वर दिएर नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन् पुष्पन प्रधान। उनी भारतमा जन्मिएर पनि नेपाली सङ्गीतलाई आफ्नो योगदान दिंदैछन्। उनले स्वर दिएका गीतले वास्तविक जीवन भोगाइको कुरा बोल्छ। पछिल्लो समय नेपाल आइडलबाट उनी चर्चामा छन्। नेपाल आइडलका टप ६ प्रतियोगी अमित बरालले उनको गीत गाएपछि उनको चर्चा चुलिएको छ। तर उनी नेपाली गीत सङ्गीतमा विगत १९ वर्षदेखि सक्रिय छन्।विभिन्न मिडियासँगको कुराकानीमा उनले अमित आफ्नो विधाता भएर आएको बताउने गरेका छन्। उनले अमितसँग साङ्गीतिक सहकार्य गर्न घोषणा पनि गरिसकेका छन्। हेर्नुस् अमित र पुष्पनसँग गरिएको कुराकानी। https://youtu.be/0YZFkxVCZTY sabhar Dcnepal bata Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few wee
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । ए