Tuesday, November 12

अन्तर्राष्ट्रिय समाचार

युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो

युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो

Posted in अन्तर्राष्ट्रिय समाचार, रोचक
एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएइ)ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ । युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन परिवर्तन गरेको हो । यहाँको कानुनअनुसार मुस्लिम महिलाले गैर मुस्लिम पुरुषसँग विवाह गर्न पाउँदैनन् । तर, ती बालिका भने हिन्दू पिता र मुस्लिम आमाकी सन्तान थिइन् । यहाँको कानुनअनुसार मुस्लिम पुरुषले भने गैर मुस्लिम महिलासँग विवाह गर्न पाउँछन् ।खलीज टाइम्सका अनुसार बालिकाका मातापिता दुवै भारतीय हुन् । युएइको शारजाहमा बस्ने किरण बाबु र सनम साबु सिद्दिकीको २०१६ मा भारतको केरलमा विवाह भएको थियो । त्यसपछि यी दुवै शारजाहमै बस्दै आइरहेका थिए । जुलाइ २०१८ मा दम्पतीले छोरी अनाम्ता एसिलिन किरणलाई जन्म दिए । त्यसपछि भने उनीहरुलाई निकै समस्या भयो । किरण बाबुका अनुसार छोरीको जन्मपछि अस्पतालले पिता हिन्दू भएको भन्दै बालिकाको जन्म प्
श्रृङ्खलाबद्ध बम विस्फाेट : आजबाट श्रीलङ्कामा अनुहार छोप्ने पहिरन लगाउन नपाइने

श्रृङ्खलाबद्ध बम विस्फाेट : आजबाट श्रीलङ्कामा अनुहार छोप्ने पहिरन लगाउन नपाइने

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । आजबाट श्रीलङ्कामा अनुहार छोप्ने पहिरन लगाउन नपाउने भएको छ । अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमबारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको हो । भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमबारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको हो । अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि यो आकस्मिक उपयाहरूमध्ये एक उपया अपनाइएको बताउनु भएको छ। अनुहार छोप्ने पहिरन प्रतिबन्धामा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक
संसारकै दुर्लभ घटना : २७ वर्षपछि कोमाबाट फर्किइन् महिला

संसारकै दुर्लभ घटना : २७ वर्षपछि कोमाबाट फर्किइन् महिला

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा उनी चढेको कार एउटा बससँग ठोक्किएर दुर्घटना भएको थियो । साेही दुर्घटनाबाट उनी काेमामा गएकी थिइन् । उनका छोरा छोरा ओमार वेबायरले आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्। मारले युएईको द न्याश्नल समाचारपत्रिकालाई बताए अनुसार दुर्घटनाको बेला आमा छोरा पछाडिको सीटमा रहेका थिए । दुर्घटना हुनै लाग्दा उनकी आमाले ओमारलाई बचाउन अँगाालो हालेकी थिइन् । ओमारले लामो समयको उपचारपछि आमाको होस आएको कुरा बताउँदै मानिसहरूले आफ्ना प्रियजनप्रति रहेको आशा नगुमाऊन् भनेर आमाको कथा अहिले अ
श्रीलंका बम विष्फोटः शिक्षित र धनी युवाले आत्मघाति आक्रमण गरेको खुलासा

श्रीलंका बम विष्फोटः शिक्षित र धनी युवाले आत्मघाति आक्रमण गरेको खुलासा

Posted in अन्तर्राष्ट्रिय समाचार
कोलम्बो (एजेन्सी) । गएको आइतबार श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटहरुमा संलग्नहरु विदेशमा पढेर फर्किएका श्रीलंकाली नागरिक रहेको खुलासा श्रीलंकाली उच्च अधिकारीहरुले गरेका छन् । ८ वटा आत्मघाति विष्फोटमा ८ युवा र एक महिलाले आफुलाईसमेत मारेको श्रीलंकाका रक्षामन्त्री रुवन जयवद्र्धनेले बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा उनले यस्तो बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रक्षामन्त्री जयवद्र्धनेले सो आक्रमणमा बेलायतमा पढेर फर्केका धनी परिवारका मुस्लिम युवाहरुको संलग्नता रहेको बताएका छन् । एक प्रख्यात मसला व्यापारीका दुई छोराले आत्मघाति बम विष्फोट गराएको पुष्टि भएको उनले बताएका छन् । इब्राहिम र इन्साफ नाम गरेका दुई मुसिलम भाइहरुले आत्मघाति आक्रमण गरेको बताएका छन् । ती मध्ये एक भाईले होटलमा वास्ताविक परिचय दिएको र उसको घरमा सुरक्षाकर्मी पुगेको जनाएका छन् । सुरक्षाकर्मी
आफ्नो पीडामा चुनाबी रोटी सेक्न थालेपछि श्रीलंकालीले भने ‘भारतीय मिडियामाथि विश्वास नगर्नूस’

आफ्नो पीडामा चुनाबी रोटी सेक्न थालेपछि श्रीलंकालीले भने ‘भारतीय मिडियामाथि विश्वास नगर्नूस’

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी। आइतबार इसाइ धर्मावलम्बीहरु इस्टर मनाउने तयारी गर्दै थिए। तर बिहानै श्रीलंकाको राजधानी कोलम्बोलगायत अन्य स्थानमा रहेका चर्च र होटलहरुमा शृङ्खलावद्ध बम विस्फोट भएको समाचार बाहिरियो। हालसम्म बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ। बौद्ध धर्मावलम्बीहरुको बर्चश्व रहेको श्रीलंकामा धार्मिक हिंसा हुन सक्ने आशंकामा सरकारले फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक संजाललाई बन्द गर्ने निर्णय गर्‍यो। विश्वभरबाट आक्रमणको निन्दा भइरहँदा भारतीय मिडियाहरुमा भने आक्रमणबारे अन्य स्थानको भन्दा भिन्न प्रचारप्रसार भयो। भारतीय मिडियाहरुले श्रीलंकामा भएको आक्रमणमा पाकिस्तानलाई 'टार्गेट' बनाउँदै मुस्लिम र पाकिस्तानी समूहहरुको संलग्नता रहेको समाचार सम्प्रेषण गर्‍यो। त्यो बेलासम्म श्रीलंकाले घटना कसले गर्‍यो वा कसरी भयो भनेर केही सार्वजनिक गरेको थिएन। भारतीय नेताहरुले पनि आक्रमणको निन्दा गर्दै आत
बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु, मृत्यु हुनेको संख्या बढ्न सक्ने

बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु, मृत्यु हुनेको संख्या बढ्न सक्ने

Posted in अन्तर्राष्ट्रिय समाचार
छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताएका छन् । उनले आफू घटनास्थलमा पनि पुग्ने जानकारी दिएका छन् । त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्वीट गर्दै जर्मन चान्सलर एङ्गेला मर्केलप्रति सहानुभूति व्यक्त गरे
पहिलो बच्चा जन्मेको २६ दिनमै जन्मिए जुम्ल्याहा बच्चा

पहिलो बच्चा जन्मेको २६ दिनमै जन्मिए जुम्ल्याहा बच्चा

Posted in अन्तर्राष्ट्रिय समाचार, रोचक
काठमाडौं । बंगलादेशमा एक अपत्यारिलो घटना सार्वजनिक भएको छ । आरिफा सुल्ताना इती नाम गरेकी २० वर्षीया महिलाले एक महिनामा ३ बच्चालाई जन्म दिएकी छन् । ती महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि अर्का जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। २६ दिनअघि उनले सामान्य रुपमा शल्यक्रियामार्फत एक सन्तान छोरालाई जन्माएकी थिइन्। उनले पहिलो सन्तालाई जन्म दिएको २६ दिनपछि जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । उनको शल्यक्रियामा रहेका चिकित्सकले शल्यक्रियाका क्रममा उनको पेटमा जुम्ल्याहा बच्चा रहेको थाहा नपाएको बताएका छन् । पछि उनी अस्पताल जाँदा चिकित्सकले ुअल्ट्रासोनेग्राफीु टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए। अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ।उनको उपचारमा संलग्न डा। शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्, “हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु
डाइबेटिज, कोलस्ट्रोल, रुघाखोकी, मुखमा हुने घाउ-खटिरा जस्ता रोगबाट छुटकारा पाउन यसो गर्नुहोस्

डाइबेटिज, कोलस्ट्रोल, रुघाखोकी, मुखमा हुने घाउ-खटिरा जस्ता रोगबाट छुटकारा पाउन यसो गर्नुहोस्

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
हाम्रो गाउँठाउँमा सजिलै उपलब्ध हुने अमला फलमा पोषणको मात्रा अत्यधिक लुकेको हुन्छ । यो फलमा उपलब्ध मिनरल्स र भिटामीनले हाम्रो शरीरलाई आवश्यक पोषण दिने मात्र नभई यसले शरीरमा रोग समेत लाग्न दिदैन । अमला, काँचो, जुस बनाएर वा यसको धुलो वा अचार, जामका रुपमा तपाईं आफ्नो डायटका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । अमलामा भिटामीन सीको मात्रा अत्यधिक लुकेको हुन्छ जसका कारण यसको प्रयोग गर्नाले शरीरको इम्यूनिटी पावरमा बृद्धी हुने र भाइरल तथा किटाणुहरुको नाश गर्छ । यसको प्रयोगले रुघाखोकी लाग्न पाउँदैन । यसमा आबद्ध पोषण लगायत पोलीफेनोल्स भन्ने तत्वले क्यान्सरका तन्तुहरु बिरुद्ध लड्न मद्धत पुर्याउँछ । आयुर्वेदका अनुासर, अमलाले शरीरका तन्तुहरुलाई ब्यालेन्समा राख्ने काम गर्छ । आयुर्वेदका अनुसार, अमलामा आबद्ध भिटामीन सी मा विषादी नाशक प्राकृतिक गुण आबद्ध हुन्छ जसले शरीरमा हानिकारक जिवाणुहरुलाई प्रवेश गर्न दि
१६ वर्षकी स्कुले किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनित

१६ वर्षकी स्कुले किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनित

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई स्वदेश फिर्ता पठाएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने अभियान चलिरहेका बेला एक १६ वर्षे किशोरी समेत यस वर्षको नोबेल पुरस्कारको मनोनयनमा परेकी छिन् । स्वीडेनकी ग्रेटा थन्बर्ग नाम गरेकी स्कुले बालिकालाई जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्याएवापत मनोनयन सूचीमा राखिएको हो । नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् । यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् । नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस
नेपालमा धेरैमा देखिएको थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

नेपालमा धेरैमा देखिएको थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ । यसको कारण खाएको केही पनि खानेकुरा निल्न समस्या हुने गर्दछ । नेपालमा पनि थायराइडका बिरामी दिनानुदिन बढ्दो छ । स्वास्थ्य क्षेत्रमा बेथितीका कारण थायराइड नभएका मानिसहरुलाई पनि थायराइड भएको भन्दै औषधी दिइने गरिन्छ । आउनुहोस्, आज हामी तपाईंलाई थायराइड नोड्युलको लक्षण्को बारेमा जानकारी दिँदैछौं । ता कि आफूलाई थायराइड भए नभएको आफैं पहिचान गर्नमा तपाईंलाई मद्दत होस् । थायराइड नोड्युलका लक्षणः धेरैजसो अवस्थामा थायराइड नोड्युल सजिलै पहिचान गर्न गाह्रो हुन्छ । जबसम्म थायराइड स